हेटौँडा । गएको चैत २० गते नियुक्त भएका बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गैरकानुनी ढंगले हेटौँडा अस्पतालका प्रशासन प्रमुख चिन्ताहरि बास्तोलालाई काज सरुवा गरेका छन् । उनले हेटौँडा अस्पतालका प्रशासन प्रमुख रहेका बास्तोलालाई अस्पतालबाटै तलब खाने गरी स्वास्थ्य निर्देशनालय हेटौँडामै सरुवा गरेका हुन् । वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयमा मन्त्री श्रेष्ठले बास्तोलालाई गैरकानुनी ढंगले अधिकार दुरुपयोग गरेका हुन् ।
किन सरुवा भए बास्तोला ?
हेटौँडा अस्पतालले फागुन ४ गते ४३ जना कर्मचारी भर्तिका लागि विज्ञापन गरेको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पताल सञ्चालक समिति सदस्यसमेत रहेका हीरा तामाङले पनि अहेवमा दर्खास्त दिएका थिए । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र हेटौँडा अस्पतालका प्रशासन शाखा प्रमुखसँगै मेडिकल सुपरिटेन्डेन्ट रहेको समितिले कर्मचारी भर्ना गर्नु पर्नेमा मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाको एकल तजबिजमा कर्मचारी भर्ना प्रक्रिया अघि बढेको थियो ।
चैत १ गते मेडिकल सुपरिटेन्डेन्ट सापकोटाले लिखित नतिजा पनि सार्वजनिक गरेका थिए । तर उनीहरुको प्रक्रिया त्रुटिपूर्ण भन्दै अख्तियारदेखि मन्त्रालयसम्मा उजुरी परेपछि मौखिक अन्तरवार्ता रोकियो । चैत २ गते अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्याल आए । स्रोतका अनुसार, एमालेले स्वास्थ्य मन्त्रालय पाउने भएकाले एमालेका नेता कार्यकर्तालाई जागिर दिने तयारी थियो । एमालेबाटै नियुक्त भएका अस्पताल सञ्चालक समिति सदस्य तामाङ नै जागिर खाने तयारीमा थिए ।
अस्पतालभित्रको यो बदमासी लुकाउन मदत नगरेको र विषयबस्तु बाहिर लगेको भनेर कांग्रेस ट्रेड युनियनका नेता रहेका प्रशासन प्रमुख चिन्ताहरि बास्तोलालाई निशाना बनाइएको थियो । यही प्रतिशोधमा उनलाई काज सरुवा गरिएको हो । अझ रमाइलो त के छ भने, एमालेले भनेजस्तै स्वास्थ्य मन्त्रालय पाए पनि त्यही मन्त्रालयले छानबिन समिति बनाएर भर्ना प्रक्रिया रद्द गरी पुनः विज्ञापन गर्न भनिसकेको छ ।
एमालेकै स्वास्थ्यमन्त्री, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईं नै अस्पतालका अध्यक्ष हुँदा पनि कार्यकर्ता भर्नामा असफलता मिलेपछि मन्त्री श्रेष्ठले ‘असहयोग’ गरेकाले तत्काल बास्तोलालाई अस्पतालबाट हटाउन निर्देशन दिएका हुन् ।
बुधबार मन्त्री श्रेष्ठले भने, ‘यसलाई सामान्य मान्नुपर्ला, यस्तो सरुवा त कति हुन्छ–हुन्छ, उहाँको पनि भयो ।’
संघीयमा बढुवा भएकालाई सरुवा
पार्टीले अह्राएपछि प्रदेशका मन्त्रीले वडाध्यक्ष झैँ निरीह भएर काम गर्नु पर्छ नै । स्वास्थ्यमन्त्री श्रेष्ठले यसै गरे । तर सरुवा गरिएका चिन्ताहरि बास्तोला संघीय अधिकृतमा बढुवा भएर बसेका व्यक्ति हुन् । उनी वैशाख २१ गते नियुक्ति लिएर अन्तै जाने नै थिए । मन्त्री श्रेष्ठले हतारमा मन्त्रीस्तरीय निर्णय भन्दै बास्तोलालाई सरुवा गरेर राजनीतिक अभिष्ट पूरा गरेका छन् ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend