Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी-२० विश्वकप: भारतविरुद्ध पाकिस्तानले टस जित्यो


    आइतबार, जेष्ठ २७ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । पाकिस्तान टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

    पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भारतले आफ्नो टिममा आज कुनै परिवर्तन गरेको छैन भने पाकिस्तानले आफ्नो पछिल्लो खेल एक परिवर्तन गरेको छ । पाकिस्तानले आजम खानको ठाउमा इमाद वाशिमलाई प्लेइङ ११ मा राखेको छ ।

    बर्षाले प्रभावित भएपछि यो खेल केही ढिलोगरी शुरु हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार