काठमाडौँ । अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजील्याण्डलाई हराएको छ ।
शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४-४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए ।
यो अफगानिस्तानको न्यूजील्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो । समुह सी मा रहेको अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो ।
अब न्यूजील्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend