Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी-२० विश्वकपमा युगाण्डाको पहिलो जित


    बिहिबार, जेष्ठ २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । युगाण्डाले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।

    बिहीबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा युगाण्डाले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

    पिएनजीले दिएको केवल ७८ रनको लक्ष्य पछाएको युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो ।

    समुह सी मा रहेको युगाण्डाको यो दोस्रो खेलमा पहिलो जित हो । यो जितसँगै युगाण्डाले २ महत्वपूर्ण अंक हासिल गरेको छ ।

    त्यस्तै पिएनजीले भने लगातार दोस्रो हार बेहोरेको छ ।

    अब युगाण्डाले अर्को खेल जुन ९ मा वेस्ट इन्डिजसँग खेल्ने छ । त्यस्तै पिएनजीले अर्को खेल जुन १४ मा अफगानिस्तानसँग खेल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार