Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा निवास बुढानिलकण्ठमा प्रधानमन्त्री प्रचण्ड


    आइतबार, जेष्ठ १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

    आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवाद बारे छलफल गर्ने बताइएको छ ।

    जेठ १५ गते बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार