Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सहकारी ठगीबारे संसदीय समितिको टीओआर टुंगो लगाउने बैठक जारी


    बिहिबार, जेष्ठ १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सूर्यदशन, सुप्रिम, स्वर्णलक्ष्मी लगायतका सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)टुंगो लगाउनेबारेमा छलफल गर्न आज बैठक बस्दैछ ।
    कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।

    सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नैपर्ने अडान राखिरहेको छ ।

    कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताउँदै लगातार वेल घेर्ने र नाराबाजी गरिरहेको छ । तर पनि सभामुख देवराज घिमिरेले पेलेरै प्रधानमन्त्रीको विश्वासको मत लिने लगायतका प्रस्ताव संसदबाट पारित गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार