Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी


    आइतबार, जेष्ठ ६ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सूर्यदर्शनदेखि सुप्रिम र स्वर्णलक्ष्मीलगायतका सहकारीको बचत हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंगो लगाउने कार्यदलको बैठक बसिरहेको छ । बैठक आइतबार बिहान साढे ८ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको हो ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा शनिबार सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

    संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो । कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद खनाल रहेका छन् ।

    सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो । गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी ग्यालेक्सी टीभीका संचालकसहितका ब्यक्तिको छानबिन गर्ने शब्द राखी छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार