Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने


    बुधबार, जेष्ठ २ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

    उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

    २०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्धा दर्ता गराएका थिए ।

    त्यस नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए ।

    दीपकराज जोशी सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । गोविन्दराजले एमालेसँग मिलेर छोरालाई मेयरमा उम्मेदवार बनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार