Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)


    मंगलबार, जेष्ठ १ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँबानेश्वरमा रिहर्सल गरिएको छ ।

    सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार