काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले देशमा क्रियाशील दल र यो परिपाटीबाट समृद्धि, शान्ति र विकासको परिकल्पना गर्नु मूर्खता सिवाय केही नहुने बताएका छन् । उनले नेपाली कांग्रेसकी नेतृ आरजु राणासहितका भ्रष्टाचारका आरोपीहरुको फाइल नखोल्ने र गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको बिषयमा नेपाली कांग्रेस नबोल्ने भित्री सहमति गरी संसद सुचारु गर्न लागिएको आरोप लगाएका छन् ।
प्रसाईले केहीबेरअघि सामाजिक संजालमा लेखेका छन्–यो देशमा अब यिनै दल र यी दलका नेता र यही परिपाटीबाट नागरिकले समृद्धि, शान्ति र विकासको परिकल्पना गर्नु भनेको मूर्खता शिवाय केही हुने छैन ।
नेपाली कांग्रेसकी नेतृ आरजु देउवा सहितका भ्रष्टाचारका आरोपीहरुको फाइल नखोल्ने र गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको विषयमा नेपाली कांग्रेस नबोल्ने भित्री सहमति अनुसार आजबाट संसद बैठक सुचारु भएको जानकारी प्राप्त भएको छ । यदि यो समाचार र सूचना सही हो भने अब जनता आफैं जागेर सडकबाटै यिनीहरूलाई नलखेटेसम्म सम्भव देखिएन ।
त्यसैले नेपाल बचाउने या नेपाललाई दलाल र भ्रष्टहरुको हातमा सुम्पेर नेपालको अस्तित्व नै समाप्त पार्ने भने निर्णय गर्ने जिम्मा यिनै नागरिकहरुको हातमा छ । उठ न हो जनता उठ, कति निदाएको अभिनय गरेर बस्छौ ?
नेपाल त भसक्कै सकिसके त यिनै नयाँ र पुराना जोगी मिलेर ।

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend