Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • दुर्गा प्रसाई लेख्छन् : आरजुको फाइल नखोल्ने, रविको सहकारी ठगीमा कांग्रेस नबोल्ने सहमतिमा संसद सुचारु


    शुक्रबार, बैशाख २८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले देशमा क्रियाशील दल र यो परिपाटीबाट समृद्धि, शान्ति र विकासको परिकल्पना गर्नु मूर्खता सिवाय केही नहुने बताएका छन् । उनले नेपाली कांग्रेसकी नेतृ आरजु राणासहितका भ्रष्टाचारका आरोपीहरुको फाइल नखोल्ने र गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको बिषयमा नेपाली कांग्रेस नबोल्ने भित्री सहमति गरी संसद सुचारु गर्न लागिएको आरोप लगाएका छन् ।

    प्रसाईले केहीबेरअघि सामाजिक संजालमा लेखेका छन्–यो देशमा अब यिनै दल र यी दलका नेता र यही परिपाटीबाट नागरिकले समृद्धि, शान्ति र विकासको परिकल्पना गर्नु भनेको मूर्खता शिवाय केही हुने छैन ।

    नेपाली कांग्रेसकी नेतृ आरजु देउवा सहितका भ्रष्टाचारका आरोपीहरुको फाइल नखोल्ने र गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीको विषयमा नेपाली कांग्रेस नबोल्ने भित्री सहमति अनुसार आजबाट संसद बैठक सुचारु भएको जानकारी प्राप्त भएको छ । यदि यो समाचार र सूचना सही हो भने अब जनता आफैं जागेर सडकबाटै यिनीहरूलाई नलखेटेसम्म सम्भव देखिएन ।

    त्यसैले नेपाल बचाउने या नेपाललाई दलाल र भ्रष्टहरुको हातमा सुम्पेर नेपालको अस्तित्व नै समाप्त पार्ने भने निर्णय गर्ने जिम्मा यिनै नागरिकहरुको हातमा छ । उठ न हो जनता उठ, कति निदाएको अभिनय गरेर बस्छौ ?

    नेपाल त भसक्कै सकिसके त यिनै नयाँ र पुराना जोगी मिलेर ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार