विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरुलाई सनाखतका लागि बोलाएका छन् ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबि पेश गरिएको थियो ।
प्रदेश प्रमुखले विहिबार साढे १२ बजे परिचय पत्रसहित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सनाखत गर्न आग्रह गरेका छन् ।
संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका प्रमुख दलले सरकार गठनका लागि दाबी गरेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।
मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् ।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend