Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुनचाँदीको मूल्य कति पुग्यो ?


    बिहिबार, बैशाख २७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले घटेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ४०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार