Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • नविल बैंक लुट्ने २ जना पक्राउ, १ करोड ३४ लाख रकम खोई ?


    मंगलबार, बैशाख २५ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पर्सा । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको एक साता बितिसकेको छ ।

    बैंक लुटपाट भएको भोलिपल्टै २ जना लुटेरा पक्राउ परे पनि प्रहरीले पैसा अहिलेसम्म पनि फेलापार्न सकेको छैन । लुटपाटमा संलग्न २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

    बीरगंजको मुख्य बजारमै रहेको बैंकको शाखाबाट बैशाख १८ गते राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता  डीएसपी कुमारविक्रम थापाले २ जना लुटेरा पक्राउ परे पनि पैसा भने बरामद नभएको प्रतिक्रिया नेपालफेसलाई दिए । बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरूले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरी टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको भए पनि प्रहरीले पैसा फेलापार्न सकेको छैन ।

    २ जना लुटेरा पक्राउ पर्नु र २ जना अझै फरार हुनु तथा लुटिएको रकम बरामद गर्न प्रहरीले नसकेका कारण घटना रहस्यमय बन्दै गएको छ ।

    एक सातासम्म लुटिएको रकम बरामद गर्न प्रहरीले नसकेपछि बीरगंजका ब्यापारी र बित्तीय संस्थाहरुका संचालकहरु त्रसित बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार