बारा । बाराको निजगढ नगरपालिका-१० स्थित लालमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शिक्षक सेवा आयोगको परीक्षा उत्तिर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाइ बाराबाट सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन स्थानीयले तालाबन्दी गरेका छन् ।
करिव एकहप्ताबाट विद्यालयका प्रधानाध्यापक दिनानाथ साहको कार्यकक्षमा तालाबन्दी गरिएको छ। स्थानीयका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित निजगढ नगरपालिका वडा नम्बर १० का वडा सदस्य कुमारबहादुर मुक्तान, कांग्रेस १० का सभापति हिराबहादुर मोक्तान, नेपाल राष्ट्रिय आधारभूत विद्यालय १० का अध्यक्ष सिद्धार्थ लोप्चनलगायतले लालबाट करिब १५ मिनेटको दुरीमा रहेको निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने भन्दै तालाबन्दी गरेका हुन् ।
यता निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीले समेत आफ्नो सरुवा गराउन स्थानीय नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेतालाई आग्रह गरेका थिए ।
विद्यालयमा व्यवस्थापन समितिको म्याद समाप्त भएकोले विद्यालयको व्यवस्थापनमा अध्यक्षबाहेकाका अन्य ४ जना सदस्यको चयन भइसकेकाले आफूनिकट शिक्षकलाई विद्यालयमा ल्याउन उनीहरु लागी परेका हुन्। सोही अनुसार उनीहरूले प्रधानाध्यापक साहको कार्यकक्षमा भएको तालाबन्दी गरेका थिए । जस कारण करिव एक हप्ता विद्यालयमा अध्ययनरत ४ सय ५० भन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको थियो। तर, सोमबारबाट भने विद्यालय सञ्चलन भएता पनि तालाबन्दी भने कायमै रहेको छ ।
विद्यालय प्रशासनले भने नगर शिक्षा समितिले पदस्थापन गरेका शिक्षकहरूलाई प्राथमिकतामा राखेर हाजिर गराउनुपर्ने अवस्था रहेको र सरुवा प्रक्रिया पनि पूरा नभएकाले शिक्षक अधिकारीलाई हाजिर गराउन नसकिने जनाएको छ। अधिकारीले आफू कार्यरत विद्यालयबाट सरुवा सहमति लिएको भए पनि हाजिर हुन आउने भनिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट भने कुनै सहमति लिएका छैनन् ।
निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउन दुवै विद्यालय व्यवस्थापन समितिको सहमति चाहिन्छ तर उधिकारीले वडा नम्बर १३ बाटमात्रै सहमति प्राप्त गरेका छन्। उनले हाजिर गर्न चाहेको विद्यालयबाट भने कुनै सहमति लिएका छैनन तर पनि अधिकारी कुनै पनि हालतमा राजनीतिकको प्रयोग गरेर त्यहाँ आउन चहान्छन् ।
यता निजगढ नगरपालिका १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले विद्यालय जस्तो पवित्र संस्थामा तालाबन्दी गर्नु राम्रो कार्य नभएको बताए । उनले शिक्षा समितिले आयोगको परीक्षा उत्तिर्ण गरेर आएका शिक्षकको पदस्थापन गर्ने निर्णय गरेकोले शिक्षक अधिकारीलाई सोही दरबन्दीमा सरुवा गरेर ल्याउन नमिल्ने पनि बताए ।
यस्तै नगर शिक्षा समितिले आयोगको परीक्षा उर्तिण गरेर नगरपालिकामा शिक्षा समन्वय इकाइबाट सिफारिस लिएर आएकी रेखा साह र लक्ष्मी रावललाई शिक्षा समितिले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालमा पदस्थपाना गर्ने निर्णय गरेको थियो। शिक्षा समितिको गत चैत्र ३० गतेको बैठकले उक्त विद्यालयमा पदस्थापना गर्ने निर्णय गरेको नगर शिक्षा प्रमुख उत्तम लामिछानेले जानकारी दिए ।
यता बिद्यालयका अभिभावकले समेत केही व्यक्तिका कारण बिद्यालयमा अध्ययनरत ४ सय ५० भन्दा बढी विद्यार्थीको भविष्यमा खोलवाड भएको बताएका छन् । घरै नजिकैको अर्को विद्यालयको प्रधानाध्यापक जस्तो व्यक्तिले पछिल्लो समयमा राजनीतिको प्रयोग गरेर देखाएको अस्वाभाविक गतिबिधिले गर्दा उदयराज अधिकारी लाल १० मा सरुवा भएर आएपछि विद्यालयमा झनै झैझगडा कार्यमै रहने भन्दै उदयराज अधिकारीको सरुवा सदर गरेर निजगढ १० लालको बिद्यालयमा हाजिर गरेमा अन्दोलन गर्ने चेतावनी विद्यालयका अभिभावकले समेत दिदै आएका छन् ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend