Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज सुनचाँदीको मूल्य ?


    मंगलबार, बैशाख १८ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मै कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार