Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घट्यो सुनको मूल्य


    सोमबार, बैशाख १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो।

    यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार