काठमाडौँ । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ ।
कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ ।
सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी दिएको छ ।
पतञ्जलीले विज्ञापन प्रकाशित गरेको जानकारी दिएपछि न्यायाधीशले विज्ञापनको साइज यसअघि निकालेको विज्ञापनको जति ठुलो छ की छैन भन्दै प्रश्न गरेका थिए ।
अदालतले रामदेव र बालकृष्णलाई आफूले गल्ती गरेको भन्दै अर्को दुई दिनभित्र अन रेकर्ड माफी माग्न निर्देशन दिएको छ । मुद्दाको अर्को सुनुवाई अब अप्रिल ३० मा हुनेछ ।
पतञ्जलीले विज्ञापनमा अदालतको आदेशको सम्मान गर्ने बताउदै विज्ञापन प्रकशित गरेको र पत्रकार सम्मेलन गरेकोप्रति माफी मागेको छ । साथै पतञ्जलीले अब यस्तो गल्ती नदोहोराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend