Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश सभाको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस


    सोमबार, चैत्र २६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरिएको छ ।

    सोमबार कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो ।

    सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रकृयामा गएकै बेला मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।

    कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन् । उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्र समेत सरकारबाट बाहिरिएको छ ।

    त्यस्तै एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार