Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन


    शुक्रबार, चैत्र १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् ।

    गृहमन्त्री लामिछानेले गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समति गठन गरेका हुन् । समितिमा गृहका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।

    गत चैत ५ गते सर्वोच्च परिसरमा प्रसाईंका सहयोगी दीपक खड्का र राजकुमार धितालका साथबाट अर्धस्वचालित हतियार र सय गोली फेला परेको थियो ।

    खड्का र धिमाललाई पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको बेला सर्वोच्चले उनीहरूलाई थुनामुक्त गर्न आदेश जारी गर्दै इजाजतपत्र दिन नहुने हतियारलाई इजाजत दिएको विषयमा छानबिन गर्न आदेश दिएको थियो ।

    सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार