काठमाडौँ । बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरणमा रहेका दलहरु नै आमने सामने हुने भएका छन् ।
नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदार छनौटमा जुटेका छन् ।
एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।
त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ ।
त्यसैगरी राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।
त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।
भर्खरै बनेको सत्ता समीकरण उपनिर्वाचनमै एक ठाउमा आउन नसक्ने अवस्था बनेपछि यो समीकरणमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ ।
केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा एक्ला एक्लै जादा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गरिएको छ । सत्ता समीकरणमा एमालेले शुरुमै उम्मेदार छनौट गरेर साझा उम्मेदवार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले न्यूजकारखानासँग बताएका छन् ।
एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेदवार छनौटले देखाएको ति नेताले बताए ।
उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend