Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तराई–मधेसमा आज होली मनाइँदै


    सोमबार, चैत्र १२ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तराई–मधेस क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिएको छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होलीसँग जोडिएको छ ।

    त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको जनविश्वास छ ।

    तराई क्षेत्रमा होलीमा जोगिरा गीत गाउने चलन छ भने आफन्तहरू मिलेर रङ दलेर एकापसमा खुसियाली साटासाट गर्ने चलन रहँदै आएको छ । होलीका अवसरमा मधेसका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार