Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवालयको निर्णयः इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने


    आइतबार, चैत्र ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आइतबार एमाले मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    सचिवालय बैकठले एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ ।

    सुहाङ २०७९ मंसिर ४ मा भएको आमनिर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।

    सुवास नेम्वाङको गएको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राईलाई सिफारिस गरेको थियो ।

    यस्तै एमाले सचिवालय बैठकले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दामनबाहदुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार