काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् ।
क्यानले यस भ्रमणको क्रममा आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्वपूर्ण कदम भएको बताएको छ ।
आईसीसी अध्यक्ष बार्कले मार्च १८ मा काठमाडौँ आइपुग्ने छन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा सुविधाहरूको औपचारिक भ्रमण गर्ने छन् । साथै आफ्नो भ्रमणको क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्री लगायतका प्रमुख व्यक्तिहरूसँग भेटवार्ता गर्ने भएका छन् ।
आफ्नो नेपाल भ्रमणको बारेमा बोल्दै आईसीसी अध्यक्ष बार्कले भने- ‘नेपाल क्रिकेट संघ (क्यान) टोलीले हासिल गरेको प्रगतिलाई प्रत्यक्ष रूपमा हेर्न नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । संघले सहभागिता बढाउन र यस क्षेत्रमा खेलको लोकप्रियता र समर्थनलाई अगाडि बढाउन काम गरेको छ। सफलताका कथाहरू आउँदो महिनाहरूमा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी पुरुष टी-२० विश्वकपका लागि वरिष्ठ पुरुष टोलीको छनोटको रूपमा प्रकट हुन थालिसकेका छन् ।’
उनले अगाडी भनेका छन्- ‘हामी २०२७ मा आईसीसी यू-१९ महिला टी-२० विश्वकपको सह-आयोजक नेपाललाई हेर्दै गर्दा, म त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट स्टेडियममा सुविधाहरूको भ्रमण गर्न उत्सुक छु ।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेको नेपाल भ्रमण बारे भने- ‘हामी आईसीसी अध्यक्षलाई स्वागत गर्न तत्पर छौं र फलदायी बैठकले नेपालमा क्रिकेटको भविष्यलाई आकार दिने विश्वास लिएकोमा आशावादी छौं । यो भ्रमणले नेपालको क्रिकेट सम्भाव्यतालाई आईसीसीले मान्यता दिएको मात्र होइन, हाम्रो राष्ट्रमा क्रिकेटको विकासलाई अघि बढाउने अर्थपूर्ण छलफललाई बढावा दिने एउटा अनुपम अवसर पनि प्रदान गर्दछ ।’
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend