काठमाडौं । आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ ।
फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो ।
चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले भने, हलहलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो ।’
विशेषतः फिल्मलाई सबै बर्गले वर्गले रुचाएका छन । रेखा र मुकुनको जोडीको तारिफ भएको छ ।
काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ । अष्टनारायण लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी बताए ।
आर्थिक मन्दिका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक देउजा थप्छन ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं ।’ फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरीले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए । उनले धेरै समयपछि दर्शकलाई राम्रो चलचत्रि दिन सफल भएको महसुस भएको बताए ।
यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend