Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सेफ्टी ट्याङ्करभित्र लुकाएर लागूऔषधको कारोबार, गोकर्णेश्वरबाट एक जना पक्राउ


    बिहिबार, फाल्गुन १७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण व्यूरोले उक्त सेफ्टी ट्याङ्करभित्र लुकाएर राखेको ४७५ बोतल लागूऔषध विईनसिरेक्स(Wincerex)सहित सर्लाहीको हरिवन नगरपालिका-३ का नविन मोक्तानलाई पक्राउ गरेको हो ।

    मोक्तानले लागूऔषध ओसारपसारका लागि ना८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्कर प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    अवैध लागूऔषधको कारोवार भईरहेको सुचनाको आधारमा व्यूरोको कोटेश्वरबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका-५ जम्मुडाँडा सडक किनारमा रोकी राखेको उक्त सेफ्टी ट्याङ्करसहित मोक्तानलाई पक्राउ गरेको गरेको थियो ।

    प्रहरीले उनको साथबाट अबैध लागूऔषध एम्फेटामाईन विईनसिरेक्स ४७५ बोतल बरामद गरेको छ ।

    उक्त लागूऔषध सहित पक्राउ परेका मोक्तानलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको ब्यूरोले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार