Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराट–अनुष्कालाई पुत्रलाभ


    बुधबार, फाल्गुन ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरालाई जन्म दिएका छन् ।

    मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको घोषणा गरेकी थिइन्। अनुष्काले इन्स्टाग्राममा एक नोट सेयर गरेकी छिन्, जसमा फेब्रुअरी १५ मा सो बच्चाको जन्म भएको खुलासा गरिएको छ ।

    उनको नोटमा लेखिएको थियो, ‘प्रचुर खुशी र हाम्रो मायाले भरिएको हृदयका साथ, हामी सबैलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि फेब्रुअरी १५ मा हामीले हाम्रो बच्चा अकाय र वामिकाको सानो भाइलाई यस संसारमा स्वागत गर्यौं । हामी हाम्रो जीवनको यो सुन्दर समयमा तपाईंको आशीर्वाद र शुभकामना चाहन्छौं। हामी तपाईंलाई यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं। प्रेम र कृतज्ञता, विराट र अनुष्का।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार