Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरानमा प्रहरी र स्थानीयबीच झडप


    आइतबार, फाल्गुन ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धरान उपमहानगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ। इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडपको अवस्था सृजना भएको बताइएको छ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार