Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बाराकाे सुवर्ण गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार


    सोमबार, जेष्ठ ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा। बाराकाे सुवर्ण गाउँपालिकामा आज प्रहरी र विद्यार्थीबीच झडप भइरहेको छ । उक्त स्थिति नियन्त्रणमा लिन प्रहरी २ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेकाे छ । झडपमा दुवै पक्षका केही घाइते भएका छन् ।

    विद्यार्थीले गाउँ कार्यपालिका र विद्यालयमा ताेडफाेड गर्न लागेपछि प्रहरीले राेक्न खाेज्दा दुवैबीच झडपकाे अवस्था आएकाे हाे । प्रहरीले ताेडफाेड राेक्न खाेज्दा विद्यार्थीले प्रहरीमाथि ढंगामुढा गरेकाे थियाे । त्यसपछि प्रहरीले बल प्रयाेग गरेकाे हाे । बल प्रयाेगमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेकाे हाे ।

    दुवै पक्षले रक्षा र प्रतिरक्षा गर्न खाेज्दा सुवर्ण गाउँपालिकामा बिहानैदेखि तनावको स्थिति सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन जिल्लाकाे अन्य ठाउँबाट समेत नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएकाे छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार