काठमाडौँ। नेकपा एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने भएको छ।
मुख्यमन्त्री यादवको एकवर्षे कार्यकाल सन्तोषजनक नरहेको तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको खण्डमा सभामा पाएको प्रमुख प्रतिपक्षी दलको भूमिका जाने भनेर एमाले बाध्यात्मक अवस्थामा पुगेको छ।
अहिले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पनि एमाले सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। तर, मधेश सत्तागठबन्धनबाट जनमत पार्टी अलग भएपछि प्रमुख प्रतिपक्ष दल आफू पाउने दाबी गरिरहेको छ। यस्तो बाध्यात्मक अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेका एक सांसदले बताए।
नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले अहिलेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय नभएको बताए।
आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा तेस्रोपटक मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सत्तागठबन्धनमा भएको परिवर्तन तथा दलहरूले उनलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
त्यस्तै सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend