काठमाडौं । बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई जामनगर अदालतले २ वर्षको जेल सजाय सुनाएको छ ।
घटना सन् २०१५ को हो, जब जामनगरका व्यापारी अशोक लालले निर्देशकलाई फिल्म बनाउन १ करोड रुपैयाँ ऋण दिएका थिए ।
राजकुमार सन्तोषीले १०–१० लाख रुपैयाँ ऋण तिर्नको सट्टामा अशोक लाललाई १०–१० लाख रुपैयाँका १० चेक दिएका थिए । तर पछि यी चेक बाउन्स हुन पुगेका थिए । यस विषयमा अशोक लालले राजकुमार सन्तोषीलाई सम्पर्क गर्न खोज्दा उनी बेपत्ता भएपछि अशोक लालले अदालतमा मुद्दा दायर गरेका थिए । यस्तो अवस्थामा अहिले अदालतले निर्देशकलाई सजाय सुनाएको हो ।
यस मुद्दामा अदालतले राजकुमार सन्तोषीलाई समन जारी गर्दै प्रत्येक बाउन्स चेकबापत १५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तोके पनि निर्देशकले समन मानेनन् । पछि समन आएपछि उनी सुनुवाइका क्रममा अदालतमा उपस्थित भएनन् । यस्तो अवस्थामा हिजो जामनगर अदालतले निर्देशक राजकुमार सन्तोषीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । जसका कारण निर्देशकले अब १ करोडको सट्टा २ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend