काठमाडौं । विश्वमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । नेपालमा पनि विद्युतीय सवारी प्रयोग गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । पेट्रोलियम पदार्थको खपत घट्ने क्रम जारी रहेको नेपाल आयल निगमले नै बताउँदैआएको छ । यहीक्रमले विद्युतीय सवारी साधन प्रयोग बढ्दै जाँदा पेट्रोल-डिजलबाट चल्ने सवारी घट्दै जानेछन् ।
एकातिर पेट्रोलियम पदार्थमा हुने खर्च कटौती र अर्कोतिर वातावरणीय दृष्टिकोणले पनि विद्युतीय सवारी प्रयोग बढिरहेको छ । विद्युतीय सवारीलाई प्राथमिकता दिनका लागि चार्जिङ स्टेसनहरु खोल्नुपर्नेमा नेपाल प्रहरीले भने पेट्रोल पम्प निर्माणमा २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । ७७ हजार प्रहरीको गाँस काटेर जम्मा भएको कल्याणकारी कोषको रकमबाट पम्प खोल्न लागिएको हो ।
२ महिनापछि ४ बैशाख, २०८१ मा अवकाश हुन लागेकी प्रशासन विभागकी प्रमुख एआईजी मिरा चौधरी र २०८१ भदौमा अवकाश हुन लागेका कल्याण महाशाखाका एसएसपी रेवती ढकालको कुरा सुनेर महानिरीक्षक बसन्तबहादुर कुँवरले हालै पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी)बाट बुटवल तालिम केन्द्र र कोहलपुरमा पेट्रोल पम्प निर्माण गर्ने निर्णय गराएका छन् ।
नेपालमा विद्युतीय गाडीलाई प्राथमिकता दिन चार्जिङ स्टेसनको आवश्यकता छ । प्रहरी भने पेट्रोल पम्प खोल्न किन लागेको हो भनेर पीसीसी मिटिङमा केही एआईजी, डीआईजी र एसएसपीले भने पनि आईजीपी कुँवरले उनीहरुको कुरा सुनेनन् । उनले एआईजी मिरा चौधरीको कुरा सुनेर पेट्रोल पम्प खोल्ने निर्णय गराएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बुटवल र कोहलपुरमा पेट्रोल पम्प खोल्ने प्रक्रिया अगाडि बढेको बताए । उनले भने–पीसीसी मिटिङबाट निर्णय भई प्रक्रिया अगाडि बढेको बताए ।
अवकाशको मुखमा रहेका एआईजी मिरा चौधरी र कल्याणका एसएसपी ढकाल छिटोछिटो पम्प निर्माणको ठेक्का दिने र लाभ लिनतिर लागेको आरोप छ । अवकाशको मुखमा रहेका अधिकृतलाई महत्वपूर्ण जिम्मेवारी दिनु नहुने प्रचलन रहेको छ । तर आईजीपी कुँवरले चौधरी र ढकाललाई प्रहरीको खरिदको सबै पाटो हेर्ने प्रशासन र ढकाललाई कल्याणको डाडुपन्यू सुम्पेकाले उनीहरुले गुमराहमा पारी चार्जिङ स्टेसन खोल्नुपर्नेमा पेट्रोल पम्प खोल्ने निर्णय गराउन सफल भएका छन् ।
आईजीपी कुँवरले यो पाटोको ख्यालै नगरी चौधरी र ढकालको कुरामात्र सुनेको आरोप छ । विद्युतीय सवारीको प्रयोग बढिरहेको पेट्रोल पम्पमा गर्ने लगानी अनुत्पादक हो ।
पम्प खोल्न गरिने २५ करोड कल्याणकारी कोषको रकम अस्पतालको कल्याणकोषमा जम्मा गरी त्यसबाट आउने मासिक २५ लाखको ब्याजको रकमले बहाववाला वा सेवानिबृत्त प्रहरीलाई निःशुल्क औषधि बितरण गर्ने हो भने त्यसले पार्ने सकारात्मक प्रभाव प्रहरीको कामकारबाहीमा देखिनेछ भने भूपूहरुले संगठनको गुणगान गाउनेछन् । त्यो काम गरेको श्रेय संगठनमा सधैं हालका आईजीपी कुँवरले पाउनेछन् । जसरी अस्पताल र स्कुल स्थापना गरेको श्रेय पूर्व आईजीपी डीबी लामाले पाउँदैआएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend