Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायतमा रोजगारीका लागि ४२ जना नर्स जाने


    मंगलबार, फाल्गुन १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बेलायतमा रोजगारीका लागि ४२ जना मात्रै नर्सहरू जाने भएका छन्। अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो ।

    बाँकी तीन जनाले ड्रप आउट गरेपछि ४२ जनाको मात्रै नाम सार्वजनिक गरिएको विभागले जनाएको छ । उनीहरूलाई फागुन ११ गतेदेखि निःशुल्क रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम दिइने छ । त्यसका लागि भैसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।

    प्रतिष्ठानबाट तालिमको कार्य सकिएपछि उनीहरूलाई बेलायत पठाउने कार्य अघि बढ्न विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार