काठमाडौं । कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो।
विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
भट्टलाई बिहान जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो। तर, प्रहरीले मुद्दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन।
भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापकको रुपमा काम गर्दै आएका थिए। कुँवर र भट्टले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend