Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति


    शुक्रबार, माघ २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकार र कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी पक्षबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार भएको दुवै पक्षबिचको वार्तामा ५ बुँदे सहमति भएको हो ।

    उक्त कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहेका पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।

    प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्तरूपमा पहल गर्ने सहमति समेत भएको छ ।

    पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार