Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु


    बुधबार, माघ २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साह रहेका छन् ।

    बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार