Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • धरहराको पार्किङ बन्द हुँदैन, अझै व्यवस्थित हुन्छ: मेयर बालेन


    सोमबार, माघ २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको नि:शुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि मेयर बालेनले पार्किङ बन्द नहुने बताएका हुन् ।

    उनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीण भन्नु लाजमर्दो भएको टिप्पणी गरेका छन् ।

    उनले भने, ‘उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

    काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा नि:शुल्क पार्किङको व्यवस्था गरेको थियो । उनले साे पार्किङलाई आझै व्यवस्था बनाउँदै लैजाने बताएका छन् ।

    धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको भन्दै उनले आफू महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन नदिने जिकिर गरे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार