Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु


    बुधबार, माघ १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलवार साँझ धनगढी उपमहानगरपालिका–६ जाली स्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर दुर्घटना हुँदा उनकाे मृत्यु भएकाे हाे ।

    दुर्घटनामा परेर स्कुटर पछाडि सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्कुटर र चालक धनगढी उपमहानगरपालिका-५ का २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार