Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मिनी ट्रकसँग टक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु


    सोमबार, माघ १५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँमा मिनी ट्रकसँग टक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आबुखैरेनी गाउँपालिका ३ बस्ने २६ वर्षीय सफल राना मगरकाे मृत्यु भएको हाे ।

    आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नं.को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हाे ।

    मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार