Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलसँग बेलायती कर्णेलको शिष्टाचार भेटवार्ता


    शुक्रबार, माघ १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कमाण्डेन्ट रिचर्ड वार्डल ओवीइ र सहायक कर्णेल मार्क लान्क्यास्टर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भएको उक्त भेटवार्ता भएको हो ।

    सो अवसरमा राष्ट्रपति समक्ष बेलायती प्रतिनिधि मण्डलले ब्रीज अफ गोर्खा सन् २०२३ को बार्षिक प्रतिवेदन पेस गरेको बताइएको छ । त्यस क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार