Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित


    बिहिबार, माघ ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित भएकी हुन् ।

    अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भएका छन् । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार