Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मेयर बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार


    बिहिबार, माघ ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने तथा निर्वाचनमा भोट नहाल्ने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।

    ‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको छ । जाने कुरो पनि छैन,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।

    राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार