Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शालीनदीमा माघे स्नान, तस्बिहरु हेर्नुहोस्


    बिहिबार, माघ ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आज(बिहीबार)देखि विधिवत् रूपमा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

    साथै आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर–घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पनि पूजा आराधना सुरु गर्छन् ।

    पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा छ ।

    यस अवसरमा आजैदेखि एक महिनासम्म भक्तपुरको हनुमानघाटमा पनि बिहीबार बिहानै भक्तजनले माघ स्नान गरी स्वस्थानी व्रत सुरु गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार