Upendra Yadav, Samajwadi Party-Nepal
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीले सरकारमा साझेदार गर्ने खालको आचरण नदेखाएको र सहकार्य गर्न नसकेर मधेस सरकारबाट भागेको टिप्पणी गरेका छन्।
उनले भने, ‘सत्ता सहकार्य गर्न नसकेर सरकारबाट भागेका हुन् । सहकार्य गर्ने आचरण नै छैन ।’
साथै उनले भने, ‘गठबन्धनमा बसेपछि केही आचरणको पालना गर्नुपर्ने हुन्छ । त्यो उहाँहरूले राख्न सक्नु भएन । दोष अर्कालाई दिएर हुँदैन । गैर राजनीतिक चरित्र देखियो । उछिङखलता र उदन्डता देखियो । यसरी कसरी सहकार्य गर्ने ।’
उनले गठबन्धनमा बस्ने तर गठबन्धनको चरम विरोध गर्ने प्रवृत्ति हाबी भएकोले आफूले पटक-पटक सुधार गर्न भनेको तर अराजकता नै निरन्तर देखिएपछि वास्ता गर्न छाडेको बताए ।
उनले भने, ‘चरित्र सुधार्नुपर्छ राजनीतिक संस्कार स्थापना गर्न संस्कार बसाउनुपर्छ । यसरी त हुँदैन सहकार्य ।’ मंगलबार जनमत पार्टी दुई मन्त्रीसहित मधेस सरकारबाट बिदा भएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend