Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चलचित्र पत्रकार सङ्घ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने


    मंगलबार, माघ ९ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चलचित्र पत्रकार सङ्घ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ । हिजो धनगढीको एसटीएस सिनेमामा बसेको चलचित्र पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण बैठकले साे निर्णय गरेको हो ।

    अहिले सम्म यसरी कलाकारसँग सुदूरपश्चिममा अन्तरक्रिया नभएको भन्दै संघका अध्यक्ष पुष्पराज जोशीको सुदूरपश्चिमको कला र संस्कृति राष्ट्रिय स्तरमा पुराउन उक्त अन्तरक्रियाले ठुलो भूमिका खेल्ने विश्वास बताए ।

    उनले अहिले पनि राष्ट्रिय स्तरमा सुदूरपश्चिमका थुप्रै ख्याति प्राप्त कलाकार रहेको बताए । ती कालकारहरूको सम्मान र नव प्रतिभाहरूलाई प्रस्फोटन गर्न उक्त अन्तरक्रिया महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार