पोखरा । अनुमति नलिई नदी दोहन गर्ने प्रबृत्ति बढेको बढ्यै छ । पोखरा महानगरभित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा तस्करी गर्नेहरुलाई प्रहरीले नै संरक्षण गर्दैआएको गुनासो स्थानीयको छ ।
पोखरा महानगरपालिका वडा नं. ३३ को चाम्रेघाटबाट अवैध रुपमा नदी दोहन गर्ने गुण्डानाइके विक्रम लामाको समूहलाई प्रहरीले संरक्षण गरेको आरोप छ । पोखरा महानगरपालिका २७ को मदौरेघाटमा गिटीबालुवा उत्खनन्को अनुमति लिएको लामाको समूहले अत्यधिक दोहन गरेपछि स्थानीयबासी बिरोधमा उत्रिएका थिए । मापदण्डबिपरीत नदीजन्य पदार्थ दोहन गरेकोमा स्थानीयबासी बिरोधमा उत्रिएपछि विक्रम लामाको समूहले चाम्रेघाटबाट गिटीबालुवा उत्खनन् गरिरहेको छ ।
गुण्डानाइके विक्रम लामा, लक्ष्मन छन्त्याल र बिशाल लामाको समूहले पछिल्ला दिनमा दिउँसै चाम्रेघाटबाट अनुमति नै नलिई नदी दोहन गरी ३ करोड भन्दा बढीको गिटी बालुवा बिक्री गरिसकेको छ । पोखरा महानगरको बीच भागबाट बग्ने सेती नदी जथाभावी नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरूप हुँदै गएको छ ।
विक्रम लामाको अवैध नदी दोहनलाई इलाका प्रहरी कार्यालय हंसपुरका इन्स्पेक्टर यामनारायण अर्याल र बरिष्ठ सई कृष्ण रानाभाटले साथ दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष नरेन थापाले समेत विक्रम लामाको समूहलाई संरक्षण गर्दा उनले चाम्रेघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ दोहन गर्दैआएका छन् । गएको मंसिर अन्तिम साता कास्की प्रहरीले अनुमति नलिई उत्खनन् गरिएको नदीजन्य सामग्री बोकेका ५६ टिफरहरु नियन्त्रणमा लिए पनि बिक्रम लामाको समूहलाई भने चलाउन सकेको छैन । गुण्डानाइके लामाले कास्कीका एसपी मोहन थापासँग समेत सेटिङ गरेकाले निर्वाध रुपमा दिउँसै अबैध नदी दोहन गर्दा पनि नरोकिएको स्रोत बताउँछ ।
पोखरा २७ को मदौरेघाटको नदीजन्य पदार्थ उत्खनन्को अनुमति लिएर त्यहाँ स्थानीयबासीले रोकेपछि पोखरा ३३ को चाम्रेघाटबाट गिटीबालुवा अबैध रुपमा निकाल्दा पनि चासो नदिनुले लामाको समूहलाई प्रहरी संरक्षण रहेको आशंका गर्ने ठाउँ दिएको छ । मदौरेघाटको नदीजन्य पदार्थको अनुमति पनि लामाले पनि सेटिङमा लिएका थिए ।
अनुमति नै नलिई चाम्रेघाटबाट ब्यापक रुपमा गिटीबालुवा दोहन भइरहेकोबारेमा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले भने–‘म तुरुन्त अनुगमनमा पठाउँछु ।’
को हुन् विक्रम लामा ?
हातहतियार, लागूऔषध तथा बैंक लुटपाट मुद्दामा जेल सजाय भोगेर डेढ वर्षअघि छुटेका गुण्डा नाइके विक्रम लामाले पोखरामा व्यवसायीमाथि आक्रमण गर्दा समेत उनलाई प्रहरीले पक्राउ नगरी उन्मुक्ति दिएको थियो । रिठ्ठेपानीमा रहेको रेशम एग्रो इन्डस्ट्रीज प्रा.लि. का सञ्चालक रेशम कुमालले बैंक, सहकारी र विभिन्न व्यक्तिहरुसँग गरी झण्डै ३५ करोड उठाएर तिर्नुपर्ने व्यक्तिहरुलाई गुण्डा नाइके लामामार्फत् धम्की दिंदै आएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा २०८० असारमा केही पीडितहरुले उजुरी दिएका थिए । तर जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालीन एसपी अजय केसीले उनलाई पक्राउ गर्नुको साटो उल्टै संरक्षण गरेका थिए ।
कुमालले गुण्डागर्दी शैलीमा पैसा फिर्ता नगरी कहिले दिपक मनाङे त विक्रम लामालाई सँगै राखेर ऋण तिर्नुपर्ने व्यक्तिहरुलाई तर्साउने गरेको बिषयमा प्रहरीमा जाहेरी दिंदा पनि तत्कालीन एसपी केसीले लामालाई पक्राउ नगरी संरक्षण गरेका थिए ।
कुमालले माइकल गुरुङबाट ३ करोड, ऋषी चापागाईंबाट ५ करोड ८५ लाख, सहिबहादुर गुरुङबाट ६५ लाख, अर्जुन सापकोटाबाट ५० लाख, हरिराम भण्डारी र उनका पार्टनरबाट गरी २ करोड तथा अर्का व्यवसायी सञ्जय पौडेलसँग ४ करोड ५० लाख लिएर साँवा ब्याज फिर्ता नगरी लामामार्फत् तर्साउने गरेका थिए ।
कुमालले मीन भण्डारीबाट १ करोड ५० लाख, राधिका कुमालबाट ४० लाख, सीए समेत रहेका प्रकाश अधिकारीबाट ३३ लाख र प्रमोद अधिकारीबाट २ करोड ३४ लाख पनि फिर्ता गर्नुको साटो लामामार्फत् धम्की दिंदैआएको किटानी जाहेरी समेत केसीले दर्ता नगरेको आरोप लागेको थियो ।
प्रहरीले जाहेरी लिन नमानेपछि जिल्ला प्रशासन कार्यालय कास्कीमा कारबाहीको माग गर्दै पीडितले निवेदन दिएपछि कुमालले बिक्रम लामामार्फत् धम्क्याएका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले कुमाल र विक्रम लामालाई पक्राउ गर्न निर्देशन दिंदा पनि एसपी केसीले त्यसको पालना गर्न उदासिनता देखाएका थिए ।
यसैगरी, २०८० मंसिर २९ गते शुक्रबार बेलुका क्याटवाक क्लवमा भएको कुटाकुटमा समेत गुण्डनाइके बिक्रम लामा मुछिएका थिए । सो दिन सुरेश रायमाझी, सुरज थापा, अमित अधिकारीलगायतको ७–८ जनाको समूह लामाको क्लवमा पुगेको थियो । त्यहाँ लामाका भाञ्जा अमित लामासँग भनाभन भएपछि रायमाझी र लामा समूहबीच हानाहान भएको थियो । गुप्त लामाले वैदामको प्रहरीलाई बोलाएर रायमाझीको समूहलाई भ्यानमा राखी बैदाम पुर्याउन लगाए । रायमाझी र गुप्त लामा अत्यन्तै निकटका व्यक्ति हुन् । तर, आफ्नो भाञ्जामाथि हातपात गरेपछि उनै लामाले रायमाझीको समूहलाई पक्राउ गराएका थिए ।
वडा प्रहरी कार्यालय वैदामको टोलीले रायमाझीको समूहलाई प्रहरी कार्यालय पुर्याउनासाथ उनीहरुलाई तुरुन्तै छाडिदिएको थियो । लामा र रायमाझी एउटै समूहका भएकाले यो घटनालाई प्रहरीले नै मिलाएको स्रोत बताउँछ । क्याटवाकका सञ्चालक गुप्त लामामाथि मिटरब्याजमा पैसा लगाउनेदेखि गुण्डानाइकेहरुसँग मिलेर असुलीमा संलग्न हुने गरेको आरोप लाग्दै आएको छ ।
हतियार, लागूऔषध मुद्दा र बैंक लुटपाटमा ८ बर्ष जेल बसेर निस्केका गुण्डानाइके बिक्रम लामालाई प्रहरीमा सेटिङ मिलाएर गुप्त लामाले जोगाउने गरेका छन् । लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग धम्क्याएर पैसा उठाउने विक्रमलाई जोगाउन प्रहरीमा सेटिङ मिलाउने गुप्त लामा हुन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend