काठमाडौं । काभ्रेमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत पर्ने काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–८ डिप्सा स्थित ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार दिउँसो साढे ३ बजेको समयमा काठमाडौंबाट मंगलटारतर्फ जाँदै गरेको बिएए २९२५ नम्बरको कारलाई विपरीत दिशाबाट धुलिखेल तर्फ आउँदै गरेको बा२ज ३९४३ नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–१ बस्ने ४१ वर्षीय कार चालक मदन बहादुर तामाङ, सोही कारमा सवार काठमाडौं सुकेधारा बस्ने ३७ वर्षीया सर्मिला तामाङ र उनका छोरा १२ वर्षीय निकेश तामाङ, छोरी ६ वर्षीय एन्जल तामाङ रहेका छन् ।
त्यस्तै ट्याक्सीका चालक काभ्रे चौरिदेउराली गाउँपालिका–५ बस्ने ३६ वर्षीय मनिज तिवारी, ३० वर्षीय लक्ष्मण तिवारी, उनका छोरा ११ वर्षीय आयुष तिवारी, सोही स्थान बस्ने २४ वर्षीय सुमन गौतम, १७ वर्षीय पवन तिवारी, २३ वर्षीय दिपेन्द्र गौतम र २२ वर्षीय सुनिल तिवारी रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको उपचार मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend