Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओलीले हामी सामेल गठबन्धन ध्वस्त बनाउन खोजिरहेका छन् : माधव नेपाल


    शुक्रबार, पुष २७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाएका छन् ।

    शुक्रबार पार्टीको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेस्रो वार्षिकोत्सव कार्यक्रममा उनले ओलीको नाम नलिइ त्यस्तो बताएका हुन् ।

    “हामी देखिरहेका छौँ । हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन्,” नेपालले भने, “हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ ?”

    उनले पार्टीमा चुनौती रहेको बताए । त्यसैले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने पनि बताए ।

    “गठबन्धनमाथि भरोसा गरेर उनीहरूले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो,” नेपालले भने ।

    साथै, उनले प्रतिगामी शक्तिले धावा बोलिरहेको बताए । व्यवस्थाको पक्षमा उभिने शक्तिहरू शत्रु हुन नसक्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार