काठमाडौँ। आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेकपा एकीकृत समाजवादीलाई दुई सिट मात्रै दिने भनेपछि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितले असन्तुष्टि जनाएर बैठक छाडेका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादीले एकीकृत समाजवादीलाई दुई सिट मात्र दिन सकिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।
एकीकृत समाजवादीले तीन सिट पाउनुपर्ने अडान छाडेको छैन। तर समाजवादीलाई तीन सिट दिन गठबन्धनका अरू दल तयार देखिएनन्।
सत्ता गठबन्धन बैठकमा कुरा नमिलेपछि अध्यक्ष नेपालले महासचिव घनश्याम भूसाललाई उसो भए के गठबन्धन छोड्ने त? भनेर सोधेका थिए। भूसालले तीन सिटभन्दा तल झर्न नसकिने जवाफ दिएका थिए।
‘हामी राजनीतिक प्राणी हौं। राजनीतिक रूपमा चुनाव लड्न सक्छौं,’ भूसालका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
तर सत्ता गठबन्धनका अन्य दलहरू भने सचिवालय बैठक राखेर दुई सिट लिनेमा सहमति गर्नेमा विश्वस्त छन्।
समाजवादीले सिटमा टुंगो नलगाएकाले बागमती, गण्डकी र कर्णाली प्रदेशको सिट र क्लष्टरको भागबण्डा मिलेको छैन।
त्यस्तै कांग्रेस नेता रमेश लेखकले भने कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने तथा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने विषयमा सहमति जुटेको दाबी गरेका छन्।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend