काठमाडौँ। आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेकपा एकीकृत समाजवादीलाई दुई सिट मात्रै दिने भनेपछि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितले असन्तुष्टि जनाएर बैठक छाडेका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादीले एकीकृत समाजवादीलाई दुई सिट मात्र दिन सकिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।
एकीकृत समाजवादीले तीन सिट पाउनुपर्ने अडान छाडेको छैन। तर समाजवादीलाई तीन सिट दिन गठबन्धनका अरू दल तयार देखिएनन्।
सत्ता गठबन्धन बैठकमा कुरा नमिलेपछि अध्यक्ष नेपालले महासचिव घनश्याम भूसाललाई उसो भए के गठबन्धन छोड्ने त? भनेर सोधेका थिए। भूसालले तीन सिटभन्दा तल झर्न नसकिने जवाफ दिएका थिए।
‘हामी राजनीतिक प्राणी हौं। राजनीतिक रूपमा चुनाव लड्न सक्छौं,’ भूसालका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
तर सत्ता गठबन्धनका अन्य दलहरू भने सचिवालय बैठक राखेर दुई सिट लिनेमा सहमति गर्नेमा विश्वस्त छन्।
समाजवादीले सिटमा टुंगो नलगाएकाले बागमती, गण्डकी र कर्णाली प्रदेशको सिट र क्लष्टरको भागबण्डा मिलेको छैन।
त्यस्तै कांग्रेस नेता रमेश लेखकले भने कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने तथा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने विषयमा सहमति जुटेको दाबी गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend