काठमाडौं । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।
विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ । सो निर्देशिकालाई पूर्णरुपमा लागू गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि रोक्न थप कडाइका साथ लाग्ने निर्णय गरेको छ ।
गाउँपालिकाले हालै सूचना जारी गर्दै विद्यालय शान्ति क्षेत्र ढाँचा कार्यान्वयनमा उल्लेख भएअनुसार कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतङ्क मच्चाउनेलगायतका गतिविधिमा कडाइका साथ पूर्णरुपमा रोक लगाउने निर्णय भएको र सोहीअनुसार गर्न गराउन सचेत गराएको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend