काठमाडौँ। महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए।
उनका अनुसार बर्दिवास–औरही भित्री सडक खण्डमा रामगोपालपुरतर्फ जाँदै गरेको प्र २–०२–००४ प१८४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
सोमबार राति सबा दस बजे भएको उक्त दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा महोत्तरी भँगहा नगरपालिका–३ का धर्मेन्द्र महतो र महोत्तरी रामगोपालपुर नगरपालिका–८ थलीका मुकेश चमार रहेको प्रहरी उपरीक्षक गिरीले बताए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा बर्दिवास नगरपालिका–७ प्रेमनगरका प्रदीपकुमार यादव र महोत्तरी भँगहा नगरपालिका–५ का वीरेन्द्र गोसाईं घाइते छन्।
यादवको अवस्था सामान्य छ भने गोसाईंलाई थप उपचारका लागि जनकपुरको न्युरो अस्पताल लगिएको गिरीले जानकारी दिए।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend